प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बाँकेले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा अहिलेसम्म १७ जना सञ्चारकर्मीहरुले रक्तदान गरेको शाखा सचिव जयनारायण शाहले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रम अघि महासंघले सुर्खेतरोडस्थीत आफ्नो कार्यालयबाट प्रभावफेरी र्याली निकालेको थियो । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तले अगुवाई गर्नुभएको र्याली सुर्खेतरोड, विपीचोक, वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुदै भेरी अञ्चल अस्पतालपरिसरमा रहेको ब्लड बैंकमा गएर समापन भएको थियो ।
पाँच दर्जनबढि सञ्चारकर्मीहरुको सहभागीता रहेको र्यालीको समापन समारोहमा बोल्दै प्रेस स्वतन्त्रता सेनानी गुप्तले अझैपनि सञ्चारकर्मीहरुमाथि धावा बोल्ने काम नरोकिएको बताउनुभयो ।
कार्यक्रममा महासंघका पुर्व केन्दि्रय सदस्य पोषण केसी, केन्दि्रय सदस्य मोहम्मद हारुन र शाखा सभापति प्रेम केसीले बोल्नुभएको थियो ।
Thursday, May 3, 2007
Subscribe to:
Post Comments (Atom)
1 comment:
Sabai patrakarharu Swatantrata Senani hunu jaruri cha tyasaile aaba koi kasaiko dar ra dhamki bata chalnu parne chaina. nepali janata lai swatantrata ko anubhab garaune nepali patrakar aaba sachai swatantrata ko senani bandai chan.
Pawan Poudel
Sindhuli
Post a Comment