Thursday, May 3, 2007

पत्रकारहरुद्वारा रक्तदान

प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बाँकेले रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा अहिलेसम्म १७ जना सञ्चारकर्मीहरुले रक्तदान गरेको शाखा सचिव जयनारायण शाहले जानकारी दिनुभएको छ ।
रक्तदान कार्यक्रम अघि महासंघले सुर्खेतरोडस्थीत आफ्नो कार्यालयबाट प्रभावफेरी र्‍याली निकालेको थियो । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्तले अगुवाई गर्नुभएको र्‍याली सुर्खेतरोड, विपीचोक, वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुदै भेरी अञ्चल अस्पतालपरिसरमा रहेको ब्लड बैंकमा गएर समापन भएको थियो ।
पाँच दर्जनबढि सञ्चारकर्मीहरुको सहभागीता रहेको र्‍यालीको समापन समारोहमा बोल्दै प्रेस स्वतन्त्रता सेनानी गुप्तले अझैपनि सञ्चारकर्मीहरुमाथि धावा बोल्ने काम नरोकिएको बताउनुभयो ।
कार्यक्रममा महासंघका पुर्व केन्दि्रय सदस्य पोषण केसी, केन्दि्रय सदस्य मोहम्मद हारुन र शाखा सभापति प्रेम केसीले बोल्नुभएको थियो ।

बर्दियाको झडपमा दुई दर्जनबढि घाइते, प्रशासनद्वारा अनिश्चित कालिन कफ्र्यु

बर्दिया जिल्लाको सानोश्रीमा माओवादीको भातृ संगठन यूथ कम्युनिष्ट लिग -वाईसिएल), मुक्त कमैया, सुकुम्बासी र प्रहृरबिचको झडपमा दुई दर्जनबढि घाइते भएका छन् ।
कपास विकास समितिमा सशस्त्र प्रहरी बसेको विरोधमा सानो श्री बजार बन्द गराउने प्रयासका क्रममा मिति २०६४ बैशाख १९ गते झडप भएको छ ।
हिजो वाईसीएलले आव्हान गरेको बन्दका क्रममा व्यापारीहरुले शान्ति सुरक्षाको माग गर्दै निकालेको शान्ति जुलुसमा वाईसीएल कार्यकर्ताले आक्रमण गरेका थिए ।
झडपका क्रममा १९ सर्वसाधारण, ७ प्रहरी र ३ प्रहरी घाइते भएका छन् । सर्वसाधारणमध्ये दुई जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भैरहेको छ ।
झडप नियन्त्रण गर्न अखटिएका प्रहरी र व्यापारीमाथि मुक्तकमैया तथा सुकुम्बासीहरुले अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि प्रहरीले हवाईफायर र बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको
छ ।
तीन दिनअघि कपास विकास समितिमा प्रहरीको पुर्नस्थापना भएपछि सानोश्री क्षेत्रमा सुकुम्बासी, मुक्तकमैया, वाईसीएल र प्रहरीबीच पटक-पटक झडप भएको छ ।
झडपका कारण बर्दिया जिल्ला प्रशासनले हिजो बेलुका ४ बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको छ । बर्दियमा भएका घटनाको विरोधमा वाईसिएलका कार्यकर्ताले बाँकेका विभिन्न स्थानहरुमा विरोध प्रदर्शन गरिरहेका छन् ।
लिगका कार्यकर्ताहरुले केही पसलहरुमा तोडफोड गरेका कारण त्यस क्षेत्रका व्यापारीहरु आतंकित रहेका जनाइएको छ । सो क्षेत्रमा हालसम्म कफ्र्यु जारी छ ।

चौकी आक्रमण गर्नेलाई कारवाही गरिने

बाँके जिल्ला कटकुइया गाविसको सुइया स्थीत सिमा प्रहरी चौकीमा माओवादी कार्यकर्ता नन्दकिशोर पाण्डेको नेतृत्वमा भएको लुटपाट, कुटपीट तथा आगजनीको घटनाको छानबीच गरी दोषीमाथि कारवाही हुने भएको छ ।
बाँकेका जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उत्तम कार्कीले दिनुभएको जानकारी अनुसार प्रहरी चौकी आक्रमण गर्ने जो कोहीलाई पनि कारवाही गरिनेछ ।
माओवादी नेता पाण्डेको नेतृत्वमा गएको टोलीले ५ जना प्रहरीलाई नियन्त्रणमा लिनुका साथै प्रहरीको एक थान बन्दुक र २ सय राउण्ड गोली लुटेर लगेका छन् ।
कार्कीले चौकी आक्रमण गर्नेहरुको खोजी कार्य सुरु भइसकेको जानकारी दिनुभयो । तर हालसम्म प्रहरीले घटनाका नाइके नन्दकिशोर पाण्डे वा कुनैपनि कार्यकर्तालाई पक्राउ गर्न सकेको छैन ।
घटनापछि सई हरि पुनको नेतृत्वमा १६ जनाको टोली सुईया पठाइएको छ भने आज थप प्रहरी बल त्यसतर्फ पठाइने जनाइएको छ ।

सकियो व्यापार मेला

बैशाख १३ गतेबाट नेपालगञ्जमा सुरु भएको राष्ट्रिय ग्रामीण तथा प्रविधि प्रदर्शनी एवं मध्यपश्चिम स्तरीय लघु घरेलु तथा सना औद्योगिक मेला २०६४ हिजो समाप्त भएको छ । पाँच दिनसम्म आयोजना गर्ने भनिएको मेला दर्शकहरुको मागका कारण २ दिन थप गरिएको थियो ।
१ सय ५ वटा स्टल राखिएको मेलामा करिब १ लाख मानिसहरुले अवलोकन गरेको बताइएको छ । मेलामा खाद्य, लत्ताकपडा, घरेलु उद्योगबाट उत्पादित सामान, प्रविध लगायत मनोरञ्जनात्मक सामाग्रीहरुपनि राखिएको थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले आयोजना गरेको मेलाको हिजो एक समारोहका बिच बाँकेका स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरेले समापन गर्नुभएको हो ।

Tuesday, May 1, 2007

सीमा प्रहरी चौकीमा आक्रमण, माओवादीको संलग्नता

नेपालगञ्ज-१८, बैशाख-बाँकेको विकट क्षेत्र राप्ती पारीको कटकुइया गाविसमा पर्ने सुईयामा पूर्नस्थापित सीमा प्रहरी चौकीमा माओवादीसहितको एक समूहले आक्रमण प्रहरीहरुमाथि कुटपीटका साथै प्रहरी बन्दोबस्तीका सामाग्रीहरु जलाइदिएका छन् । आक्रमणकारीहरुले प्रहरीको १ थान बन्दुक र २ सय राउण्ड गोलीसमेत लगेका छन् ।
सोमबार बेलुकी करिब ७ बजे माओवादीका नेता नन्दकिशोर पाण्डेसहितको समूहले कटकुइया गाविसको वडा नं. ८ मा रहेको सीमा प्रहरी चौकीमा आक्रमण गरेको हो ।
बेलुका करिब पाँच बजेतिर सामान्य पोशाकमा पुगेका पाण्डेसहितको एक समूहलाई सीमामा खटिएका प्रहरी जवानले आफ्नो परिचय दिन भनेपछि पाण्डेले मेरो नाम पनि छैन घर पनि छैन भन्ने जवाफ दिएपछि प्रहरी र पाण्डेको बीचमा भएको विवादका कारण घटना घटेको थियो ।
विवादपछि पाण्डेले माओवादी कार्यकर्तासहित सूइया लगायत मटेहिया, गंगापुर, नरैनापुरलगायतका क्षेत्रबाट सयौंको संख्यामा मानिसहरु ल्याएर प्रहरी चौकी तोडफोड गरेका थिए ।
सीमा प्रहरी चौकी सुइयामा प्रहरी नायव निरिक्षक मुकेश कुँवरको कमाण्डमा ७ जनाको प्रहरीहरु रहेका थिए ।
भारतबाट अबैध रुपमा नेपालमा सामान ढुवानी गर्ने र माओवादीलाई पनि प्रत्यक्षरुपमा गतिविधिहरु संचालन गर्न बाधा हुन अवस्था रहेकाले घटना घटेको हुनसक्ने स्थलगत अनुगमनमा गएका एक व्यक्तिले बताए ।
चार वटा बन्दुक र २ सय राउण्ड गोली रहेको प्रहरी चौकीमा तीन वटा बन्दुक फिर्ता आएपनि १ थान बन्दुक र २ सय राउण्ड गोली भने फिर्ता हुन सकेको छैन ।
घटनाका क्रममा आक्रमणकारीहरुले प्रहरीहरुलाई निर्घात कुटपीट गर्नुका साथै चौकीमा रहेको खाद्यान्न सामाग्री, भाडा, फर्निचर जलाइदिएका छन् भने नगद रकम पनि लुटेर लगेको बाँकेका प्रहर उिपरिक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।
माओवादी नेता पाण्डेले सुनुयोजित तरिकाले घटना घटाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापश्चात् घरेलु हतियार, बाँसका भट्टालगायतले प्रहरीहरुमाथि निर्घात कुटपीट गर्न लागेपछि पाण्डेलेनै तीन जना प्रहरीहरुलाई आफ्नो घरमा लगेर राखेका थिए ।
ती प्रहरीहरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक विश्वराज खड्काको टोलीले छुटाएर ल्याएको थियो ।
प्रहरी उपरिक्षक खरेल भने-'प्रहरीतर्फबाट फाइरिङ्ग खोलिएको थिएन तर प्रहरीसँग रहेको २०० राउण्ड राइफलको गोलीभने हराएको छ तर राइफल भने सहि हालतमा छ ।'
प्रहरीसँग रहेको बाटा, ५ वटा प्लाष्टिक कुर्सी र फर्निचरहरुमा तोडफोड गर्नुका साथै २ क्विन्टल चामल पनि लुटेर लगेको खरेलले जानकारी दिनुभयो ।
घटनाको प्रत्यक्ष अनुगमन गरेर फर्किनु भएका हिमराइट्स लाइफलाइन नेपालगञ्जका अधिकृत रुद्र फुँयालले सरकारमा गइसकेको माओवादीको नेतृत्वमा घटेको घटनाले जनतामा नराम्रो सन्देश जानसक्ने बताउनुभयो ।
घटनाको क्रममा लुटपाट, चोरी, डकैतीमा संलग्न भई प्रहरी थुनामा रहेकाहरुपनि फरार भएको घटनास्थल पुगेको अधिकारकर्मी तथा सञ्चारकर्मीलाई स्थानीय प्रहरीले जानकारी दिएको फँुयालले बताउनुभयो ।
घटनापश्चात् मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उत्तम कार्की सहितको एक टोली घटनास्थल पुगेको थियो ।
सोमबार बेलुकी भएको घटनाका क्रममा चोरी, लुटपाट तथा बलात्कारको आरोपमा दुई दिन अघि प्रहरीले पक्राउ गरी राखेका १८ वषर्ीय भारतीय नागरिक कोप अहमद फरार भएका छन् ।
'घटनामा नेपालमा आई अबैध कारोबार, लुटपाट, बलात्कारजस्ता कार्यमा संलग्नहरुको पनि सहभागीता रहेको देखिएको छ' फुँयालले भने-'घटना सुनियोजित रुपमा भएको छ ।'
घटनाका बारेमा बुझ्न बाँकेका आठ राजनैतिक दलका नेताहरुपनि घटनास्थल पुगेका थिए । घटनास्थल पुग्नु भएका बाँके जिल्लाका प्रहरी प्रमुख उत्तम कार्कीले सीमा प्रहरी चौकी यथावतनै रहने बताउनुभएको छ ।

बेतबा"स पेशाले भुलायो अपाङ्गता

बिशाल रानामगर
नेपालगञ्ज-१८, बैशाख-दुबै गोडा चल्दैन्, उनको हिडँ्ने सहारा भनेको टर््राई साइकल हो । तर पनि उनि एकछिन बस्दैनन्, हातमा सानो हथौडा, बेतका टुक्रा र केही साना फलामका काँटीहरु लिएर टाक्टाक् टुक्टुक् गरिरहेका हुन्छन् उनी ।
यो दिनचर्या कोहलपुर-३, बा"केका फागुराम चौधरीको हो । ४५ वषर्ीय चौधरीको यो दैनिक क्रियाकलाप आफ्नो लागिमात्र नभएर उनको ६ जनाको परिवारको लागि साँझ बिहानको छाक र्टार्न हो ।
उनी बेत बाँसबाट बन्ने घरेलु प्रयोगका सामाग्रीहरु निर्माण गरी बेच्ने गर्छन् । बेतबाँसको सामाग्री बेचेर आएको आम्दानीबाटनै उनको परिवार पालिएको छ ।
जन्मेदेखिनै दुबै खुट्टा नचल्ने चौधरी आफ्नो परिश्रममा सन्तुष्ठ देखिन्छन् । उनी भन्छन्-'मागेर खान पो लाज, खुट्टाले साथ नदिएपनि त आफै कमाएर खाएको छु ।' बेत बाँसको काम गरिरहँदा कहिलेकाही फर्ुसद निकालेर चुरोट सल्क्याई तान्न पनि भ्याई हाल्छन् उनि ।
गत मंसिरमा आईएनएफ नामक संस्थाको सहयोगमा अपाङ्ग उद्धार सहयोग केन्द्रले आयोजना गरेको एक महिने बेत बाँसको सामाग्री बनाउने तालिम लिएपछि उनि नेपालगञ्जमानै बसी दैनिक रुपमा यो काम गरिरहेका छन् ।
दैनिक हुने कमाईको ७५ प्रतिशत संस्थालाई दिने र २५ प्रतिशत आफुले लिने चौधरी भन्छन्-'सामान बनाउने कच्चा पदार्थ महंगो छ । अफिसले नै समान किन्न ७५ प्रतिशत दिन्छौं ।'
कहिलेकाही फर्ुसदमा उनि छिमेकी राष्ट्रको बजार रुपैडिहा पुगी घरेलु प्रयोजनका सामाग्रीहरुपनि टर््राईसाइकलमा लिएर आउने गर्छन ।
चौधरीमात्र होइनन् उनिसँगै यो पेशामा मनिकापुर-८, राँझाका लालसिंह वि.क. पनि रमाईरहेका छन् । करिब ५ वर्षअघि क्यान्सरका कारण घुँडादेखि माथि दुबै खुट्टा काट््नु परेका वि.क.को पनि बिहान बेलुका छाक टार्ने बाटो बनेको छ बेतबाँसको कमाई ।
तीन जनाको परिवार रहेपनि छोरा भारततिर रहेकाले आफु र श्रीमतीलाई खान लाउन यसैबाट हुने आम्दानीले पुगेको वि.क. बताउछन् ।
'आफ्नो शरिर राम्रो हुँदा त भारत तिर गएर कमाइन्थ्यो' मलिन स्वरमा वि.क.ले भने-'खुट्टा काट्नुपरेपछि धेरै दुःख पर्‍यो तर बेतबाँसको काम सिकेपछि भने दुःख कम हुँदै गएको छ ।'
चौधरी र वि.क. दुबै नेपालगञ्जमा सँगै बसेर बेतबासको काम गरिरहेका छन् । उपयुक्त बजार भाऊ नभएका कारण सोचेजस्तो कमाइ हुन नसकेको बताउने वि.क. भन्छन्-'दिनमा २ देखि ३ वटासम्म सामान तयार पार्न त सकिन्छ तर बिक्रि सोचेजस्तो भइरहेको छैन ।' उनिहरुले बेतबाँसबाट र्‍याक, हैंगर, मुढा, चुरनदान, टोकरीजस्ता सामाग्रीहरु बनाउने गर्छन । त
अपाङ्ग उद्धार सहयोग केन्द्रका अध्यक्ष दिक्पाल चौधरी पनि यहि पेशामा छन् । गत मंसिरमा ७८ जनालाई बेत बाँसको सामाग्री बनाउने तालिम दिएको बताउने अध्यक्ष दिक्पाल भन्छन्-'अहिले ३ जनामात्र यो पेशामा संलग्न छन् ।'
उचित बजार भाऊ नपाइने, महंगो कच्चा पदार्थ भएका कारण सोचेजस्तो व्यापार हुन नसकेको उनको कथन छ । उनि भन्छन्-'यदि घरघरमा गएर बेच्न सक्ने वातावरण मिलेमा यो पेशामा बलियो संभावना छ ।'

Monday, April 30, 2007

होस् गर है टेलिकम

यस पटक पनि नेपाल टेलिकम, नेपालगञ्ज शाखाले प्री-पेड मोबाइल वितरणको सूचना प्रकाशित गरेपछि आवेदन फारम लिन टेलिकम कार्यालय जाने, नागरिकताको फोटोकपी गर्न जाने र फोटो खिचाउन स्टुडियो जाने भन्दा साइबर जानेको संख्यामा वृद्धि भएको छ ।
किन - थाहा छ -
किन भने टेलिकमले यसपटक आफ्नो वेभ साइट धधध।लतअ।लभत।लउ बाट सिधै अनलाइनमै प्री-पेड मोबाइलको आबेदन भर्ने व्यवस्था गरेकाले ।
तर यो प्रक्रिया थाहा भएकालाई त ढिकै छ थाहा नहुनेहरु भने सयौंको भीडमा लाइन लागेर आवेदन फारम बुझाउन बाध्य छन् भने टेलिकमलाई व्यवस्थापन गर्न र प्रहरीलाई सुरक्षा दिन ।
अझ पहिलो पटक प्री-पेड मोबाइलको आवेदन फारम भर्न त पहिलो दिननै खाने बस्ने व्यवस्था गरेर भेरी अञ्चल अस्पताल नजिक रहेको टेलिकमको कार्यालयदेखि सदरलाइन हु"दै त्रिवेणीमोडसम्मनै आवेदकहरुको भीड लागेको थियो ।
यो सम्म त ढिकै छ तर जतिनै मोबाइलको लागि आवेदन आव्हान गर्न सकेपनि गुणस्तरमा सुधार गर्न नसकेका कारण एक पटक त झन्नै ग्राहकहरुले सबै मोबाइल जम्मा गरेर टेलिकममा बुझाउन गइसकेका थिए । तर टेलिकम पनि कहा" लाटो छ र त्यसो गर्न दिइमा आफ्नै बेइज्जत होला भनेर केही दिनको लागि त नेर्टवर्कमा सुधार ल्यायो । तर् जुन गोरु आएपनि कान चिरेकै भनेझै समस्या ज्यू का त्यु छ ।
नेपालगञ्ज टेलिकमले पोष्ट-पेड र प्री-पेड मोबाइल गरी हजारौंको संख्यामा मोबाइल वितरण गरेपनि सायद वितरण गरेकै संख्यामा नम्बर डायल गर्नुपर्छ एउटा फोन लगाउन । अझ सा"झ परेपछि त आश नगरेपनि भयो फोन लाग्ला भनेर ।
एकपटक त जतिपटक मोबाइल ट्राइ गर्दा पनि नलाग्ने, आज पढाएको एसएमएस अर्को दिन पुग्ने गर्दा धेरैले साथी, स्वास्नी, प्रेमिकाबाट राम्रै झपारीमागेको पनि गाइगुइ सुनिएको थियो ।
जे होस् ११ वर्षो जनयुद्ध गरेर त वृहत् शान्ति सम्झौता गरेर सत्तामा आई माओवादीले त शान्ति बहाली गर्न लागिपरेको बेलामा अब भने टेलिकमले द्वन्द्व चर्काउनु हुदैन क्या मोबाइलको ।
यो छड्केको सन्देश यो छ कि बा"ड एक लाख मात्र होइन अर्ढाई करोड नेपालीलाई पुग्ने गरी मोबाइल बा"ड तर अहिलेको जस्तो रद्दि तालाले होइन् । जति खेर नम्बर डायल गर्‍यो त्यतिखेर सर्म्पर्क हुने गरी । नत्र ग्राहकको जुत्ताको माला सहनुपर्ला है नेपाल टेलिकम । टा टा बाई बाई ।

नेपालगञ्जमा व्यापार मेला जारी, २ दिन थप

बिशाल रानामगर
नेपालगञ्ज-१७, बैशाख-घरेलु उत्पादनहरुको पर््रवर्द्धन गर्ने तथा व्यापार व्यवसायको वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको व्यापार मेला नेपालगञ्जमा जारी रहेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, बा"केको आयोजनामा संचालित मेलामा घरेलु सामाग्री, हस्तकला, विज्ञान, लत्ताकपडा, प्रविधि, खाद्यलगायतका १ सय ५ वटा स्टलहरु राखिएका छन् ।
बैशाख १३ गतेबाट आयोजना गरिएको ब्यापार मेला पा"च दिनसम्म चल्ने पर्ूव योजना रहेपनि नगरबासीको अनुरोध र दर्शकको मागले गर्दा अरु २ दिन थपिएको महासंघका अध्यक्ष ओमप्रताप राणाले जानकारी दिनुभयो ।
मेलामा लोकदोहोरी, नृत्य, नाटकलगायतका सा"स्कृतिक कार्यक्रमका साथै बालबालिकाहरुको लागि विभिन्न खेलकुदका सामाग्रीहरु राखिएका छन् ।
ख्यातीप्राप्त राष्ट्रिय लोकगायक, जिरेखर्ुसानी टोलीका साथ स्थानीय कलाकारहरुलेसमेत आफना् कला मेलामा पर््रदर्शन गरिरहेका छन् ।
६० हजार जनाले अवलोकन गर्ने लक्ष्य राखिएको मेलामा चौथो दिन आईतबारसम्ममा मात्रै करिब ४५ हजार जनाले अवलोकन गरिसकेको अध्यक्ष राणाले बताउनुभयो ।
मेलामा दर्शकहरुको घु"इचो अत्यन्तै बढि र उत्साहपर्ूवक रहेको बताउदै राणाले भन्नुभयो-'सबै भन्दा धेरै करिब २० हजार दर्शकले चौथो दिन मेला अवलोकन गरे ।
१ सय ५ वटा स्टलमध्ये ग्रामीण उपयुक्त प्रविधि पर््रदर्शनी रहेका ३५ वटा स्टल भने सोमबारबाट हटाइदैछ । थप गरिएको दर्ुइ दिनमा कुल ७० वटा स्टलमात्र पर््रदर्शन गरिनेभएका छन् भने खेलकुदका सामाग्री र राष्ट्रिय कलाकारहरुको टोली मेलाको अन्तिम दिनसम्म रहने भएको छ ।
मेलाका एक सहभागी कमल गुरुङ्कले धेरै वर्षछि आयोजना भएको व्यापार मेलाले घरेलु व्यापारको वृद्धि गर्नुका साथै केहिछिन भएपनि रमाउने मौका दिएको बताए ।
मेलामा घरेलु उद्योगमा उत्पादित दालमोठ, आलु चिप्सलगायतका खाद्य सामाग्री लिएर आउनुभएकी रझेना-५, कौशिलानगरकी कृष्णा थापामगरले भन्नुभयो-'आफ्नो उत्पादनको प्रचार-प्रसार र विक्रि वितरणको लागि मेलाको आयोजनाले मद्दत पुगेको छ ।'

Saturday, April 28, 2007

बालबालिकाले सुनाए आफ्नो पीडा


सरोकारवालाहरुद्वारा ९ बुँदे प्रतिवद्धता
बिशाल रानामगर
नेपालगञ्ज-१५, बैशाख-'मेरो बुवालाई लठ्ठी, सिलौटा, धनजस्ता हतियारले हानेर मारे, उहाँलाई मारेको चार वर्ष पछिसम्म पनि हामीलाई माओवादीले खोजेका थिए ।' शम्शेरगञ्ज गाविस वडा नं. ३ अकलघरवाकी संगीता यादवले आफु कसरी द्वन्द्वपीडित भइन् भन्ने पीडा यसरी पोखेकी थिइन् ।
करिब ३ दर्जन बालबालिकाले यस्तै यस्तै पीडा पाखेका थिए शनिबार यहाँ आयोजित शसस्त्र द्वन्द्वबाट बालबालिका तथा शिक्षा क्षेत्रमा परेको प्रभावसम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रममा ।
शसस्त्र द्वन्द्वमा परेका बालबालिकाहरुको संरक्षणको लागि साझेदारी अभिया -पीपीसिसि)को आयोजना, हिमराइट्सको संयोजन र क्यानेडियन कोअपरेशन अफिसको आर्थिक सहयोगमा भएको सार्वजनिक सुनुवाईमा बालबालिकाहरुले आफ्नो पीडा पोखेका हुन् । संगीताका बुवालाई सुराकी गरेको आरोप लगाउँदै माओवादीले मारेका थिए ।
उनले आफ्नो पीडा सुनाउदै मञ्चमा सरोकारवालाको रुपमा बसेका जिल्ला शिक्षा कार्यालय बाँकेका प्रतिनिधि तथा विद्यालय निरिक्षक विष्णुप्रसाद सुवेदीलाई प्रश्न गरिन्-'बुवाको मृत्युपछि म र मेरा दाजुभाईलाई पढ्न गाह्रो परेको छ, दुई वटा भाई त विद्यालय जानै पाएकै छैनन् सरकारले हामीलाई शिक्षा प्राप्त गर्न के गर्न सक्छ ?'
यस्तै रझेना गाविसवासी कक्षा ९ का छात्र प्रकाश तिमिल्सिनाले सेनाले शिक्षक रहेका आफ्नो बाबुलाई माओवादीको आरोपमा बेपत्ता पारी गम्भिर कुटपीट गरेका कारण हाल हिडडुल गर्न नसकिने अवस्थामा रहेको बताए ।
'पहिले त बुवाको तलब आउथ्यौ पढ्नको लागि समस्या हुँदैनथ्यो' मलिन स्वरमा कार्यक्रममा उनले आफ्नो पीडा सुनाए-'अहिले बुवाको कमाइ छैन आयश्रोतको रुपमा घरमा एउटा भैसी मात्र छ अनि हामी कसरी पढ्ने ?'
संगीता र प्रकाश होइन् करिब तीन दर्जन बालबालिकाहरुले सरोकारवालाका रुपमा मञ्चमा रहेका मानवअधिकार आयोगका बेदप्रसाद भट्टराई, नेकपा माओवादीका भिमप्रसाद देवकोटा, जिल्ल शिक्षा कार्यालयका विष्णुप्रसाद सुवेदी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रेशम आचार्य र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी निरिक्षक भुवनेश्वर तिवारीलाई आफुले भोगेका पीडा र आफ्नो माग सुनाएका थिए ।
शसस्त्र द्वन्द्वको क्रममा बालबालिकाहरुको अपहरण, हत्या, प्रयोगका साथै विद्यालयमा राजनीतिक नारा लेखिनु र जनवादी शिक्षाको नाममा विद्यार्थीलाई दोहोरो शिक्षा लादेको सहभागी बालबालिकाहरुले विरोध गरेका थिए ।
शसस्त्र द्वन्द्वको क्रममा बालबालिकाले भोगेको समस्यालाई बदलाको भावमा परिणत नगरी उचित समाधानको उपाय खोजी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक संस्था हिमराइट्सका रमेशकुमार पौडेलले बताउनुभयो ।
बालबालिकाको समस्याहरुलाई मध्यनजर गरी समाधान खोज्ने क्रममा सहभागी सरोकारवालाहरुले ९ बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।
सरोकारवालाहरुले द्वन्द्वपीडित प्रकाशको पढाईको शुल्क र किताव उपलब्ध गराउने, गलत कार्य गर्ने माओवादी कार्यकर्तालाई कारवाही गर्ने, प्रहरीले बालबालिका समस्याहरु समाधान गर्न सहयोग गर्ने, विद्यालय भवनमा लेखिएका राजनीतिक नारा मेटाउने र नलेख्ने, नागरिक समाजको रोहबरमा विस्थापितलाई पुर्नस्थापना गरी अचल सम्पत्ती फिर्ता गर्ने, छात्रवृत्ति उपलब्ध गराउनेलगायतका प्रतिवद्धताहरु रहेका छन् ।
प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमनका लागि ६ सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । समितिका संयोजकमा हिमराइट्सका प्रकाश उपाध्याय, एड्भोकेसी फोरमका बसन्त गौतम, इन्सेककी सरस्वती मल्ल, बी गु्रपका प्रकाश शर्मा, बेसका टेकबहादुर पुन र सञ्चारकर्मी जनक नेपाल रहनुभएको छ ।