Tuesday, May 1, 2007

बेतबा"स पेशाले भुलायो अपाङ्गता

बिशाल रानामगर
नेपालगञ्ज-१८, बैशाख-दुबै गोडा चल्दैन्, उनको हिडँ्ने सहारा भनेको टर््राई साइकल हो । तर पनि उनि एकछिन बस्दैनन्, हातमा सानो हथौडा, बेतका टुक्रा र केही साना फलामका काँटीहरु लिएर टाक्टाक् टुक्टुक् गरिरहेका हुन्छन् उनी ।
यो दिनचर्या कोहलपुर-३, बा"केका फागुराम चौधरीको हो । ४५ वषर्ीय चौधरीको यो दैनिक क्रियाकलाप आफ्नो लागिमात्र नभएर उनको ६ जनाको परिवारको लागि साँझ बिहानको छाक र्टार्न हो ।
उनी बेत बाँसबाट बन्ने घरेलु प्रयोगका सामाग्रीहरु निर्माण गरी बेच्ने गर्छन् । बेतबाँसको सामाग्री बेचेर आएको आम्दानीबाटनै उनको परिवार पालिएको छ ।
जन्मेदेखिनै दुबै खुट्टा नचल्ने चौधरी आफ्नो परिश्रममा सन्तुष्ठ देखिन्छन् । उनी भन्छन्-'मागेर खान पो लाज, खुट्टाले साथ नदिएपनि त आफै कमाएर खाएको छु ।' बेत बाँसको काम गरिरहँदा कहिलेकाही फर्ुसद निकालेर चुरोट सल्क्याई तान्न पनि भ्याई हाल्छन् उनि ।
गत मंसिरमा आईएनएफ नामक संस्थाको सहयोगमा अपाङ्ग उद्धार सहयोग केन्द्रले आयोजना गरेको एक महिने बेत बाँसको सामाग्री बनाउने तालिम लिएपछि उनि नेपालगञ्जमानै बसी दैनिक रुपमा यो काम गरिरहेका छन् ।
दैनिक हुने कमाईको ७५ प्रतिशत संस्थालाई दिने र २५ प्रतिशत आफुले लिने चौधरी भन्छन्-'सामान बनाउने कच्चा पदार्थ महंगो छ । अफिसले नै समान किन्न ७५ प्रतिशत दिन्छौं ।'
कहिलेकाही फर्ुसदमा उनि छिमेकी राष्ट्रको बजार रुपैडिहा पुगी घरेलु प्रयोजनका सामाग्रीहरुपनि टर््राईसाइकलमा लिएर आउने गर्छन ।
चौधरीमात्र होइनन् उनिसँगै यो पेशामा मनिकापुर-८, राँझाका लालसिंह वि.क. पनि रमाईरहेका छन् । करिब ५ वर्षअघि क्यान्सरका कारण घुँडादेखि माथि दुबै खुट्टा काट््नु परेका वि.क.को पनि बिहान बेलुका छाक टार्ने बाटो बनेको छ बेतबाँसको कमाई ।
तीन जनाको परिवार रहेपनि छोरा भारततिर रहेकाले आफु र श्रीमतीलाई खान लाउन यसैबाट हुने आम्दानीले पुगेको वि.क. बताउछन् ।
'आफ्नो शरिर राम्रो हुँदा त भारत तिर गएर कमाइन्थ्यो' मलिन स्वरमा वि.क.ले भने-'खुट्टा काट्नुपरेपछि धेरै दुःख पर्‍यो तर बेतबाँसको काम सिकेपछि भने दुःख कम हुँदै गएको छ ।'
चौधरी र वि.क. दुबै नेपालगञ्जमा सँगै बसेर बेतबासको काम गरिरहेका छन् । उपयुक्त बजार भाऊ नभएका कारण सोचेजस्तो कमाइ हुन नसकेको बताउने वि.क. भन्छन्-'दिनमा २ देखि ३ वटासम्म सामान तयार पार्न त सकिन्छ तर बिक्रि सोचेजस्तो भइरहेको छैन ।' उनिहरुले बेतबाँसबाट र्‍याक, हैंगर, मुढा, चुरनदान, टोकरीजस्ता सामाग्रीहरु बनाउने गर्छन । त
अपाङ्ग उद्धार सहयोग केन्द्रका अध्यक्ष दिक्पाल चौधरी पनि यहि पेशामा छन् । गत मंसिरमा ७८ जनालाई बेत बाँसको सामाग्री बनाउने तालिम दिएको बताउने अध्यक्ष दिक्पाल भन्छन्-'अहिले ३ जनामात्र यो पेशामा संलग्न छन् ।'
उचित बजार भाऊ नपाइने, महंगो कच्चा पदार्थ भएका कारण सोचेजस्तो व्यापार हुन नसकेको उनको कथन छ । उनि भन्छन्-'यदि घरघरमा गएर बेच्न सक्ने वातावरण मिलेमा यो पेशामा बलियो संभावना छ ।'

No comments: